Madhes Khabar
मधेस प्रदेश

मधेस: पेस्तोल र गोलीसहित दुई जना पक्राउ

राजविराज,१२जेष्ठ: सप्तरीको खडक नगरपालिका-८ भदैयाबाट पेस्तोल र गोलीसहित सप्तरी र धादिङका दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सप्तरीको सुरूङगा नगरपालिका-६ श्रीपुरका ४५ वर्षीय बिशेश्वर प्रसाद साह र धादिङको रुबीभ्याली-५ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बिच बहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक सुभेश अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सप्तरीको बोदे बर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स ६ प ५९०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा सवार साह र तामाङ पक्राउ परेको प्रहरी निरीक्षक अधिकारीले बताए।

उनीहरूबाट एक थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोली र दुई थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीका प्रहरी निरीक्षक अधिकारीका अनुसार शनिबार बिदा भएकाले आइतबार आरोपितहरूविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही अगाडि बढाइने छ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

सर्लाहीमा बाँस लाेड गरिएको ट्याक्टर पल्टिँदा दुई जनाकाे मृत्यु

MadhesKhabar

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

MadhesKhabar

समाजवादी प्रेस संगठन मधेस प्रदेश अधिवेशन साउन २८ र २९ गते हुने

MadhesKhabar

Leave a Comment