
सर्लाही,१४असारःसर्लाहीमा शुक्रबार बिहान चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।बागमती नगरपालिका वडा नम्बर १ मिलनचोककी ६२ बर्षिायाा गोमा आलेको चट्याङले लागेर मृत्यु भएकाोे हो ।
शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर गम्भीर घाइते भएकी मगरको बागमती बजारकै स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि वीरगन्जको नारायणी अस्पताल ल्याइएको थियो ।
तर अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले उनलााई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

