Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेसमा सत्ता समिकरणमा फेरबदल : सरकारबाट जसपा नेपाल`आउट´ एमाले `इन´

जनकपुरधाम,७जेठ:मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन जना मन्त्रीलाई बर्खास्त गरेर नेकपा एमालेका सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई मन्त्री नियुक्त गरेका हुन्।

बर्खास्त गरिएकाहरुमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् ।

उनीहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भनेका थिए ।

यद्यपि राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले उनिहरुलाई बर्खास्त गरेर एमालेका समीरलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

Related posts

नागरिकता विधेयक तत्काल पारित गर्न उपेन्द्र यादवको माग

MadhesKhabar

मधेसका शहीद परिवारलाई सरकारले मासिक १२ हजार रुपैया दिने

MadhesKhabar

मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै गौरमा ७ दलको प्रदर्शन

MadhesKhabar

Leave a Comment