Madhes Khabar
राजनीति

वीरगन्जमा आयोजित कार्यक्रममा १०४ जना जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१२माघःवीरगन्जमा शनिबार आयोजित जनमत पार्टीको कार्यक्रममा १०४ जना जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा शनिबार आयोजित जनमत पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा प्रभावशाली नेता हिरालाल रामको नेतृत्वमा १०४ जना विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा विजय राम,धर्मेन्द्र राम,बिपिन राम,बच्चा प्रसाद कलवार,राम अग्या साह,पन्नादेवी,शिला देवी, राजेश राम,बाबुराम,हिरामन लगायतका पनि रहेका छन्।कार्यक्रममा नवप्रवेशीहरुलाई जनमत पार्टीका कार्यकारिणी सदस्य माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिस्र लगायतले टीका र गम्छालाई पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले अन्य पार्टीहरुले दलगत स्वार्थमा लागेर देशलाई दलदलमा फसाएको र मुलुक आर्थिक रुपले टाट पल्टिने अवस्थामा पुगेको आरोप लगाए ।देशमा ब्याप्त बेरोजगारी ,अशिक्षा,भ्रस्टाचारले जरा गाडेको भन्दै उनले निशुल्क शिक्षा र स्वास्थ्यका साथै देशमै रोजगारीको सुनिश्चितता गर्न जनमत पार्टी एकमात्र विकल्प रहेको बताए ।

जनमत पार्टीका वडा इकाई अध्यक्ष रामजी रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सिमा गुप्ता, महानगर अध्यक्ष महादेव शर्मा,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता,बृजकिशोर कलवार, बृजेश्वर चौधरी ,युवा अध्यक्ष उदय यादव , युवा दस्ता अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष संजय सिह, छोटेलाल चौरसिया, सन्तोषी महतो,सन्जय सरार्फ,लोकेश कर्ण ,राज साह,सिकेन्द्र राम,लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी जिल्ला अध्यक्ष विवेक कुमार झाले गरेका थिए।

 

Related posts

सीके राउतको खुलासा:प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न खोजेका थिए

MadhesKhabar

मौन अवधीको पूर्व सन्ध्यामा वीरगन्जमा ओमप्रकाश सर्राफको रोड शो

MadhesKhabar

रवि लामिछानेले भने : मेरो विरुद्ध मिडियाहरु लागे , अदालतलाई प्रभावित पारे

MadhesKhabar

Leave a Comment