Madhes Khabar
राजनीति

एमालेका काेहि पनि पदाधिकारी समानुपातिककाे बन्द सूचीमा परेनन्


मधेसखबर वीरगन्ज ,०२ असाेज: आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धति तर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन ।

एमालेका १९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चार जना पदाधिकारी पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल यसअघि नै समानुपातिक पद्धतिबाट सांसद भइसकेका हुन् । उपाध्यक्ष रामबहादुर थापा वादल गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपातिक सूचीमा नपरेका हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गरेको र यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई समानुपातिकमा नदोहोर्याउने मापदण्ड तयार पारेको थियो ।त्यहि मापदण्डअनुसार यसअघि समानुपातिक सांसद भएका कोही पनि उम्मेदवारको बन्दसूचीमा दोहोरिएका छैनन् ।साभार:अनलाइनखबर

Related posts

सिके राउतले पार्टी कब्जा गर्न खाेजेकाे भन्दै जनमत पार्टीका केन्द्रीय नेताहरुले छाडे पार्टी

MadhesKhabar

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चाैरसिया

MadhesKhabar

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

Leave a Comment