Madhes Khabar
राजनीति

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चाैरसिया

काठमाडौं,१साउन:नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री चौरसियाले सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर अघि बढ्ने सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरुको दायित्व भएको बताए।

पर्सा क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनले विगत ८/१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाई थियो।

उनले भने, ‘संविधानमा भएका कमीकमजोरीहरु, ८/१० वर्षमा संविधानमा देखिएका खाडलहरु पुर्ने काम हाम्रो जिम्मेवारी हो। त्यो समावेशी चरित्र अनुसार आवश्यक परे अहिले नयाँ सरकार बनेपछि सहमति पनि भएको छ–संविधानमा जहाँ-जहाँ समस्या भएको छ। त्यो खाडलहरुलाई व्यवस्थित गरेर पुर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ हामी अगाडि बढ्छौँ। यहाँहरुको कुनै अप्ठ्यारो यारो भए त्यो फुकाउने काम कानूनीमन्त्रीको नाताले मैले गर्छु। हाम्रो सदा सहयोग रहन्छ न्यायपालिकालाई। ’

मन्त्री चौरसियाले न्याय क्षेत्रमा देखिएका अप्ठ्यारो हटाउनका लागि कानुनमा देखिएको समस्या तत्काल समाधान गर्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले न्यायालयलाई आफूले सदैव सहयोग गर्ने पनि बताए।साभार:नागरिकबाट

Related posts

नेतृत्व फेरे मात्रै एमालेको भविष्य सुरक्षित हुन्छ : अरबिन्द सिंह,केन्द्रिय सदस्य

MadhesKhabar

मतदातासंग रामनारायण कुर्मीको आग्रह : आश्वासन बाड्नेलाइ होइन काम गर्नेलाई चुन्नु होला

MadhesKhabar

मधेसका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक ७ दलद्वारा बहिष्कार

MadhesKhabar

Leave a Comment