वीरगन्ज,१६भदाै:संघिय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगन्जस्थित नारायणी रंगशालाको स्थलगत निरीक्षण गरेका छन् ।आइतबार वीरगन्ज आएका बेला खेलकुदमन्त्री चाैधरीले बिहान रंगशालाकाे निरिक्षण गरेका हुन् ।
काठमाडौंकाे दशरथ रंगशालापछि देशकै दाेस्राे ठूलाे नारायणी रंगशाला मर्मत सम्भारकाे अभावमा जीर्ण बन्दै गएकाे छ ।
आइतवार रंशालाकाे निरिक्षण गरेपछि खेलकुदमन्त्री चौधरीले रंगशालाको पुर्ननिर्माणका लागि खेलकुद मन्त्रालयले पहल थाल्ने आश्वासन दिए।
मन्त्री चौधरीले देशकै धराेहरका रुपमा रहेकाे नारायणी रंगशाला जीर्ण बन्दै गएकाेमा चिन्ता व्यक्त गर्दै अब आफ्नो मन्त्रालयले पुर्ननिर्माण र मर्मत सम्भारको प्रक्रिया अघि बढाउने आश्वासन दिए । उनले भने, ‘यति राम्रो रंगशाला हुँदा पनि व्यवस्थापन हुन सकेको छैन । जीर्ण अवस्थामा छ । व्यापक रुपमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा हेरेपछि अवलोक गर्न यहाँ आएको हुँ । मैले नारायणी रंगशालालाई एकदम प्राथमिकतामा राखेको छु ।’
मन्त्री चाैधरीले आसन्न ११ ओैं राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा सञ्चालन गर्ने तयारी भइरहेको हुँदा त्यसका लागि पनि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने आवश्यक रहेकाे बताए ।
रंगशालाकाे निरीक्षणका क्रममा मधेस सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालकाेपनि सहभागीता थियाे।

