Madhes Khabar
समाज हेडलाइन

ठोरीका होटलहरुमा सञ्चालित यौन धन्दाको विरोधमा उत्रिए महिलाहरु : पुरुषहरुलाई कुटेर लखेटे

तस्बिर : नयाँ ठोरी

वीरगन्ज,१५असारःपर्साको ठोरी गााउपालिकाका विभिन्न स्थानमा सञ्चालित होटलहरुमा भइरहेको यौन धन्दा रोक्न प्रहरीले चासो नलिएपछि स्थानीय महिलाहरु संगठीत भएर आँफै त्यसको प्रतिवादमा उत्रिएका छन् ।

भारतसंग सीमा जोडिएका ठोरी गाँउपालिकाका वडा नम्बर २, ३ र ४ मा रहेका खाजा–नास्ता खाने धेरै जसो होटलहरुमा खासगरी बिहारबाट आउने ग्राहकहरुलाई लक्षित गरेर होटल सञ्चालकले यौन धन्दा चलाइरहेको महिलाहरुको आरोप छ ।

त्यसलाई रोक्न महिलाहरुले ईलाका प्रहरी कार्यालय ठोरीमा पुगेर पटक पटक उजुरी दिदाँपनि प्रहरीले चासो नै नलिएपछि त्यस्ता गलत गतिविधि रोक्न महिलाहरु संगठीत आँफै अगाडि सरेका हुन् । यसैक्रममा ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोधमा कडा कदम चालेका छन् । उक्त क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन भइरहेको भन्दै स्थानीय महिलाहरूले त्यस्ता गतिविधिमा संलग्न पुरुषहरूलाई पिटेर खेदेका छन् ।

ईलाका प्रहरी कार्यालय ठोरीमै सयौंको संख्यामा पुगेर महिलाहरुले उजुरी दिदापनि कुनै ठोस कारबाही नभएपछि आफैं संगठित भएर यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गरेको आठघरेका महिलाहरुले बताएका छन् ।

स्थानीय महिलाहरूका अनुसार, ठोरी गाउँपालिकाका विभिन्न स्थानमा रहेका होटलहरूमा यौन व्यवसाय खुलेआम रुपमा चलिरहेको छ । यस्ता गतिविधिले समुदायमा नकारात्मक प्रभाव परिरहेको र विशेषगरी युवा पुस्ता तथा महिलाहरूको सुरक्षामा चुनौती थपिएको उनीहरूको भनाइ छ ।

‘हाम्रो गाउँमा यस्तो गलत कामले हाम्रा छोरीचेली र समुदायको इज्जतमा धक्का पुगेको छ,’आठघरेको महिला समूहकी एक सदस्यले भनिन्,‘हामीले यस्ता गतिविधि रोक्न आफैं अघि सर्नुप¥यो ।’ साभारः नयाँ ठोरी

Related posts

बारामा बोक्सीको आरोप लगाएर महिलाको कपाल काटेर गरियो निर्घात कुटपिट

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, ५२ प्रतिशत मात्र विद्यार्थी पास

MadhesKhabar

Leave a Comment