Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ

मधेसखबर वीरगन्ज ,०२ मंसिर : वीरगन्जबाट नक्कली मतपत्र र नगद सहित दुईजना पक्राउ परेका छन् । वीरगन्जको बसपार्क १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार सहित दुई जना पक्राउ परेकाे ब सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पनि पाइएको छ ।

बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।

उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ

Related posts

यी हुन् बाराका उम्मेदवार

MadhesKhabar

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

छठ पर्व मनाउन पर्साको भेलाहाका १०० महिलालाई समाजसेवी बर्णवालले बाँडे साडी

MadhesKhabar

Leave a Comment