Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ

मधेसखबर वीरगन्ज ,०२ मंसिर : वीरगन्जबाट नक्कली मतपत्र र नगद सहित दुईजना पक्राउ परेका छन् । वीरगन्जको बसपार्क १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार सहित दुई जना पक्राउ परेकाे ब सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पनि पाइएको छ ।

बाराको कलैयाबाट वीरगन्ज आउँदै गरेको बा. प्रदेश १– १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का कार चालक अमिरी राउत र कारमा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।

उनीहरूको साथबाट फेला परेको नक्कली मतपत्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

नक्कली मतपत्र र नगद सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ

Related posts

ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ

MadhesKhabar

अमलेखगन्जको बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ को सनाखत

MadhesKhabar

अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment