Madhes Khabar
स्थानिय हेडलाइन

“एक घर, एक बिरुवा” अभियान अन्तर्गत वीरगन्ज महानगरद्वारा फलफूलका ५ हजार बिरुवा नि:शुल्क वितरण

वीरगन्ज,२१साउन:वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वीरगन्ज महानगरपालिकाले थालेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार फलफूलका बिरुवा निशुल्क वितरण गरिएको छ।

 

महानगरको यो अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन बुधबार बिहान घण्टाघर चोकमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले आफैं सहभागी भई स्थानीयवासीलाई बिरुवा वितरण गरे।कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको हो ।

“हरियालीले शहरलाई स्वस्थ बनाउँछ, र प्रत्येक घरको आँगनमा एक बिरुवा रोप्न सके हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं,” मेयर सिंहले कार्यक्रममा भने, “हामीलाई सहरी विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ।”

महानगरपालिकाको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ, र यसको शुरुवात बुधबार घण्टाघर चोकबाट गरिएको हो।

महानगरपालिकाले अभियानअन्तर्गत सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल तथा व्यक्तिगतरूपमा इच्छुक घरधुरीहरुलाई बिरुवा उपलब्ध गराएको हो।स्थानीयबासीले महानगरको यस प्रयासको प्रशंसा गरेका छन् ।

Related posts

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

पर्सा-३ मा पाण्डेलाई जिल्ल पार्दै जयसवालले मारे बाजि,पर्सा-४ मा जालिम फेरि दाेहाेरिए

MadhesKhabar

पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment