Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

विश्वप्रसीद्ध गढीमाई मेलामा मधेस सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

बारा,१०असोजःबाराको बरियापुरमा यसवर्ष लाग्ने विश्वप्रसीद्ध गढीमाई मेला आयोजनाका लागि मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

यस वर्ष आगामी असोज १७ गते घटस्थापनका दिनदेखि सुरु हुने गढीमाई मेलालाई भव्यताका साथ सम्पन्न गर्नका लागि महागढीमाई नगरपालिकाले आयोजना गरेको सुझाव संकलन तथा छलफल कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मेला आयोजनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

गढीमाई मेला व्यवस्थापनका लागि प्रदेश सरकारले उक्त रकम प्रदान गर्ने बताउँदै मुख्यमन्त्री यादवले उक्त रकम मेला व्यवस्थापन, बोरिङ तथा टावर लाइट जडान, स्वास्थ्य सेवा र सीमा नाका खुलाउने काममा प्रयोग गरिने बताए। कार्यक्रममा सिंहले गढीमाई मेलामा सुरक्षा व्यवस्था मजबुत बनाउन र पालिकाहरूलाई नगर र गाँउ प्रहरी परिचालन गर्न आग्रहपनि गरे।

कार्यक्रममा बाराका पूर्व जिल्ला विकास समिति सभापति छठुप्रसाद यादवले मेलामा निःशुल्क पिउने पानी र निःशुल्क भोजन वितरणको प्रयाप्त व्यवस्था गर्न सुझाव दिए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले गढीमाई मेला परिसरमा करिब ५ सय वटा सिसिटिभी क्यामरा जडान गरिने जानकारी दिदैं मेलामा ट्राफिक व्यवस्थापन, सुरक्षा बलको दोब्बर प्रयोग र ड्रोन क्यामरा चलाउन विशेष अनुमति अनिवार्य गरिनेपनि बताए।उनले मेला अवधिभर सुरक्षा व्यवस्थामा कुनै चुक हुन नदिने प्रतिबद्धतापनि जनाए ।

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, पर्यटनमन्त्री सकिल मियाँ, बाराका सांसद किसान श्रेष्ठ, महागढी माई नगरपालिकाकी उपमेयर तारादेवी कानु,अन्य पालिकाका प्रमुख, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकाारी , सदस्य लगायतकोपनि सहभागीता थियो ।

हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला यस वर्ष यहि असोज १७ गतेदेखि विभिव रुपमा सुरु हुने छ भने मंसिर २२ गते राँगाको र २३ गते बोकाको बलि चढाइने कार्यक्रम छ ।

 

Related posts

कश्मीरकाे आतंकवादी हमलाले नेपालमापनि सुरक्षा चिन्ता बढाएकाे राष्ट्रिय एकता अभियानकाे ठहर

MadhesKhabar

वीरगन्जका हिन्दुवादी अगुवा सन्तोषानन्द महाराजलाई ज्यान मार्ने धम्की

MadhesKhabar

सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगन्जको मेनराेडमा पर्ने  सरकारी कार्यालयहरु तत्काल हटाउने निर्णय

MadhesKhabar

Leave a Comment