Madhes Khabar
खेलकुद

स्विडेनलाई हराउँदै स्पेन विश्वकप फुटबलको फाइनलमा

 

काठमाडौं,३० साउन : स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । मङ्गलवार न्युजिल्यान्डको अकल्यान्डमा रहेको इडेन पार्क मैदानमा भएको सेमिफाइनल खेलमा स्विडेनलाई २–१ गोलले हराउँदै स्पेनले फाइनलको यात्रा तय गरेको हो ।

खेलको ८१ औँ मिनेटमा गोल गर्दै अइनगोनोले स्पेनलाई अग्रता दिलाएकी थिइन् । ८८ मिनेटमा स्विडेनकी रेबिकाले गोल गरेर खेल १–१ गोलको बराबरीमा ल्याइन् । तर एक मिनेटभित्रै स्पेनकी कारमोनाले गोल गरेर टोलीलाई फाइनलमा पु¥याइन् ।
स्पेनले उपाधिका लागि बुधबार सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । अस्ट्रेलिया यो विश्वकपको आयोजक टोली हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

Related posts

नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँगको खेल गोलरहित बराबरीमा

MadhesKhabar

नेपाल विश्वकप एसिया छनोटको उपविजेतामै सिमित

MadhesKhabar

भारतकी देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमकाे सल्लाहकार प्रशिक्षकमा नियुक्त

MadhesKhabar

Leave a Comment