Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा बंगलादेशकोपनि सुखद सुरुवात

वीरगन्ज,२०असोजः भारतमा जारी आईसिसि एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले विजयी सुरुवात गरेको छ। भारतको धर्मशालामा शनिबार भएको खेलमा बंगलादेश अफगानिस्तानलाई ६ विकेटले हराउँदै आफनो पहिलो जित दर्ज गरेको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा ३४.४ ओभरमा पूरा ग¥यो ।

बंगलादेशका लागि नजमुल हुसैनले अविजित ५९ रन बनाए। त्यस्तै मेहिदी हसनले ५७ रन, साकिब अली १४ र लिटन दास १३ रन बनाएर पेभेलिएन फर्किएका थिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो।

अफगानिस्तानलाई सस्तैमा आउट गर्न साकिब र मेहिदीले तीन तीन विकेट लिए। अफगानिस्तानका लागि रहमुल्लाह गुर्वाजले सर्वाधिक ४७ रन बनाए।त्यस्तै इब्राहितले २२, अजमतुल्लाहले २२, रहमतले १८ र हसमुल्लाहले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

Related posts

पाकिस्तानी क्रिकेट टिम सात वर्षपछि भारतमा

MadhesKhabar

दक्षिण अफ्रिकासंग १ रनले हार्याे नेपाल

MadhesKhabar

प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट : आर्मीसंग सशस्त्र पराजित

MadhesKhabar

Leave a Comment