Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा पार्न वीरगन्जका कांग्रेसी नेताहरुकाे माग

वीरगन्ज,२५पुष:वीरगन्जस्थित नेपालकै दाेश्राे ठूलाे नारायणी रंगशालाकाे जिर्णाेद्वार र स्तराेन्नत्तीका लागि सरकारसंग पहल गर्न माग गर्दै नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालाई आग्रह गरेकाे छ।

कांग्रेस वीरगन्ज महानगरका नेता-कार्यकर्ताहरुले बुधबार काठमाडौं मै पुगेर सभापति देउवालाई भेटेर नारायणी रंगशालाकाे जीर्णाेद्वार र स्तराेन्नत्तीका लागि पहल गरिदिन आग्रह गरेका हुन्।देउवानिवासमै पुगेर कांग्रेस महानगर समितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले देउवालाई ज्ञापनपत्रपनि बुझाए।


देउवालाई बुझाइएको ज्ञापनपत्रमा वीरगन्जको साझा धराेहरका रुपमा रहेकाे देशकै दाेश्राे ठूलाे रंगशाला नारायणी रंगशाला मर्मतसम्भारकाे अभावमा जीर्ण हुदै गएपनि संघीय र प्रदेश सरकारले कुनै वास्ता नगरेका कारण वीरगन्जलाई उपेक्षा गरेकाे महसुस वीरगन्जबासीलाई भइरहेकाे कांग्रेसले जनाएको छ।

विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयाेजना गरेर थुप्रै राष्ट्रिय खेलाडी उत्पादन समेत गरिसकेकाे इतिहास बाेकेकाे नारायणी रंगशालालाई संघीय सरकारकाे राष्ट्रिय गाैरवकाे याेजनामा समावेश गरेर जीर्ण रंगशालाकाे मर्मतसम्भार गरी स्तराेन्नती गर्नपनि कांग्रेसले देउवासंग माग गरेकाे कांग्रेस महानगर सभापति नेपालीले जानकारी दिए।

वि.सं. २०४२ सालमै वीरगन्जबासीकाे आफ्नै सहयाेगमा निर्मित नारायणी रंगशाला वीरगन्जकाे मात्रै नभइ समग्र देशभरकै खेलकुद क्षेत्रका लागि ऐतिहासिक धराेहर भएकाले यसकाे संरक्षण र स्तराेन्नत्ती गर्नु सरकारकाे दायित्व भएकाेले त्यसकालागि सरकारसंग पहल गरिदिन सभापति देउवासंग आग्रह गरिएको कांग्रेस महानगर उपसभापति सन्ताेष गुप्ताले बताए ।

ज्ञापनपत्र बुझ्दै कांग्रेस सभापति देउवाले नारायणी रंगशालाकाे जीर्णाेद्वार र स्तराेन्नत्तीका लागि आँफुले प्रधानमन्त्री र खेलकुदमन्त्रीसंग आग्रह गर्ने आश्वासन दिएकाे महानगर उपसभापति गुप्ताले जानकारी दिए।

बुधबार नै कांग्रेस उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङलाईपनि मन्त्रालयमा भेटेर नारायणी रंगशालाकाे जीर्णाेद्वार र स्तराेन्नत्तीकाे माग गर्दै ज्ञापनपत्र बुझाइएको गुप्ताले जानकारी दिए।

Related posts

काम लागेन राेहितकाे शतक, मुम्बई चेन्नईसंग पराजित

MadhesKhabar

पर्साको भाथाधामका लागि आएको ५० लाख रकम काम नै सुरु नहुदाँ फ्रिज हुने सम्भावना

MadhesKhabar

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

Leave a Comment