Madhes Khabar
खेलकुद हेडलाइन

मधेस प्रदेशकै सबैभन्दा बढी नगद राशीकाे वीरगन्ज गाेल्डकपमा नेपाल र भारतका ८ टिमले भाग लिने

वीरगन्ज,१४माघ :मधेस प्रदेशकै सबैभन्दा बढी राशीकाे दाेस्राे वीरगन्ज गाेल्डकप फुटबल प्रतियोगिता आगामी फागुन १७ गतेदेखि सुरु हुने भएको छ।

 

भेट्रान्स सिटी क्लब वीरगन्जले दाेस्राे वीरगन्ज गाेल्डकप फुटबल प्रतियोगिता आदर्शनगर रंगशालामा आगामी फागुन १७ गतेदेखि फागुन २४ गतेसम्म आयाेजना गर्न लागेको हाे।

 

वीरगन्ज महानगरपालिकाकाे सहयोगमा आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमले भाग लिने भएका छन्।प्रतियोगितामा वीरगन्ज युनाईटेड,
नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, संकटा क्लब, बागमती युवा क्लब ,सलहेश युवा क्लब,मच्छिन्द्र फुटबल क्लब र भारत दिल्लीकाे गढवाल डायमण्ड एफसीले भाग लिने भएका हुन्।

 

प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफीसहित नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमले नगद ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पनि आयोजक क्लबले जनाएको छ ।

 

यसअघि गत वर्ष प्रथम वीरगन्ज गाेल्डकप फुटबल प्रतियोगिता २०८० साल कार्तिक १८ देखि २५ गतेसम्म आदर्शनगर रंगशालामै भएको थियाे।उक्त प्रतियोगिताको फाइनल खेलमा आर्मी क्लबलाई २-० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको थियाे।

Related posts

छठकाे बिदा बढाउन सरकारसंग माग

MadhesKhabar

वीरगन्ज : विद्यालयमा नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

MadhesKhabar

पहिलाे पटक महिला विश्वकपकाे उपाधि जित्दै भारतले रच्याे इतिहास

MadhesKhabar

Leave a Comment