Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज : विद्यालयमा नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

वीरगन्ज,१६असोजः वीरगन्जमा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टीसमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले भने विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिए । उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताए ।

Related posts

चिसोले वीरगंज लगायत पर्सामा जनजिवन प्रभावित

MadhesKhabar

विपी उद्यानको तरकारी बजार छपकैयाको सार्वजनिक जग्गामा सार्ने तयारी अन्तिम चरणमा

MadhesKhabar

मधेस प्रदेशमा १ लाख ४६ हजार सवारी साधन कारबाहीमा

MadhesKhabar

Leave a Comment