
मधेसखबर
पुष १५ गते , वीरगञ्ज : वीरगंज पर्सा लगायत मध्यपूर्वी तराईमा पुषको पहिलो सातादेखी नै चिसोको कहर बढेको छ । एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर लगातार चिसो हावा चल्ने गरेको छ ।
साँझ विहान तापक्रम घट्दै गएपछि तराईबासीको जनजीवन कष्टकर बनेको हो । तराईको ग्रामीण भेगमा बिहान हुस्सुले ढाक्दै आएको छ भने मध्याह्नसम्म घाम नै नदेखिने तथा मधुरो घाम मात्र देखिने अवस्था छ ।एक्कासी बदलिएको मौसमले ग्रामीण भेगमा खासगरी बालबालिका , वृद्धवृद्धा र महिलाहरुलाई समस्या हुनुका साथै कृषि कार्य पनि प्रभावित छन । चिसोका कारण अधिकांश घर तथा बाटोघाटोमा मानिसहरु आगो तापिरहेका भेटिन्छन् भने कतिपय चिसोमै कठाग्रिएर बसेका छन् ।

पर्सा महुवनका देवलाल रामले भने हरेक वर्ष जाडोको मौसममा शितलहरले गरीबहरुलाई झन् समस्या हुने गरेको तथा माटोको घरमा चिसो र लाउने खाने राम्रो नहुँदा बालबालिकालाई बढी प्रभावित पार्ने गरेको गुनासो गर्दै उनले तर कुनै पनि सरकारले हालसम्म दाउरा बाल्ने समेतको व्यवस्था नगरेको बताए । उनले जाडोको मौसम सुरु हुनुभन्दा अगावै गर्नुपर्ने तैयारी स्थानीय निकाय तथा सरकारले हरेक वर्ष समस्या हुन थालेपछि मात्रै केही गर्ने योजना बनाउने गरेको गुनासो गरे ।
बढ्दो जाडोले तराईका आर्थिक अवस्था कमजोर भएका र दलित बस्ती बढी जोखिममा पर्ने गरेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिकलाई पनि चिसोले सताएको छ । चिसो बढ्दै जाँदा पराल तथा खरले छाएर माटोले बनाएको झुप्राका बस्तीहरुमा रहेका वृद्धवृद्धा, सुत्केरी र स–साना बालबालिकाहरुको स्याहार सुसारमा कठिनाई भएको छ ।

जाडोले काम गर्न खान लाउन सबै खालका समस्या भईरहेको तथा गरीब बस्तीमा भोट माग्न आउने गरेको भएपनि त्यसपछिको अवस्थामा साथ दिन आउने कमै मात्रामा त्यस्ता व्यतिmको अनुहार हेनै पाउने गरेको पर्सा मुसैलीकी बच्चा देवी कुर्मीले गुनासो गर्दै अहिले जाडोबाट बच्ने हेरक खालको सामाग्रीको अभावमा बाँचिरहदा पनि कोही पनि सहयोगका लागि नआएको बताईन् ।
प्रत्येक वर्ष चिसो सुरु भएर समस्या हुन थालेपछि मात्रै विपद व्यवस्थापन समितिले योजना बनाउने गरेका कारण झन् समस्यामा पर्ने गरेको सर्वसाधारणको गुनासो छ । तर यसपालि चिसोले कोही पनि प्रभावित नहुन भन्ने उद्देश्यले विशेष योजनाका साथ कार्य अगाडी बढाएको दाबी जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

पर्साका जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत विनय श्रीवास्तवले भने गाउँदेखी शहरसम्म जाडोले समस्या हुन नदिन तथा राहतका लागि आवश्यक बैठक बसी विभिन्न योजनामा कार्य थालिएको तथा कोही कसैलाई जाडोबट प्रभावित हुन नदिन हाल जनतालाई बाड्न दाउरा खरीद गर्ने देखी लिएर न्यानो कपडा लगायतका बन्दोबस्ती तर्फ लागेको बताए ।

