Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज बाल सुधार गृहबाट भागेका बालकैदीहरु अझै भेटिएनन्

फाइल फाेटाे

वीरगन्ज,१३असाेज: वीरगन्ज महानगरपालिका– ४ बिर्तास्थित बाल सुधार गृहका दुईजना कैदी फरार भएको २४ घण्टा बितिसक्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान २ बजेको समयमा गृहको काँडेतार काटेर फरार भएका उनीहरूलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परी बाल सुधारगृहमा रहेका उनीहरू फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

बाल सुधारगृहबाट फरार भएका बाल कैदीहरूको शुक्रबार बिहानैदेखि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। फरार भएका कैदीहरु सर्लाही र सिरहा जिल्लाका हुन्। खोजीका लागी फरार बाल कैदिहरुको घरमा पनि प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार सुधारगृहबाट फरार भएका बाल कैदीहरु वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेट हुदै भारततर्फ गएका छन्। उनीहरु बिहान ५ बजेको समयमा संगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गईरहेको अवस्थामा सिसिटिभी फुटेजमा देखिएका छन्।

प्रहरीले रक्सौलमा पुगेर रेल्वे स्टेशनको क्यामरा पनि चेकजाँच गरेको भएपनि उनीहरु नदेखिएको एक प्रहरीले बताए।

पर्साका प्रहरी उपरीक्षक कोमलबिक्रम शाहले शुक्रबार बिहान कैदीहरु फरार भएपछि त्यस प्रकारको कुनै अर्को घटना हुन नदिन अभियुक्त ओसारपोसार गर्ने प्रहरीलाई सतर्क हुन कडा रुपमा निर्देशन दिएका छन्। जिल्लामा खटिएका प्रहरीहरुलाई निरन्तर गस्ती र तैनाथ रहने गरी डियुटी गर्न सकुर्लर गरेको अवस्था छ ।

यसअघि गत भदौ २६ गते बाल सुधार गृहमा बाल कैदीहरुबिच भई झडप समेत भएकाे थियाे। भदौ ८ गते भक्तपुर सुधार गृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्जकाे बाल सुधार गृहमा ल्याएकै दिनदेखी आन्तरिक विवाद सुरु भएकाे थियाे।साभार:नयाँपत्रिकाबाट

Related posts

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कर्णलाई

MadhesKhabar

वीरगन्जका सुनचाँदी व्यवसायी सर्राफको घरमा राजस्व कार्यालयको छापा,विराेधमा व्यापारीहरूको नाराबाजी

MadhesKhabar

Leave a Comment