Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशमा १ लाख ४६ हजार सवारी साधन कारबाहीमा

फाइल तस्बिर

वीरगन्ज,१० माघ : मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्न मधेस प्रदेशका आठ वटै जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधनलाई कारबाही गरेको हो । सवारी साधानको कारबाहीबाट १० करोड ७७ लाख १५ हजार पाँच सय रुपैया राजस्व सङ्कलन पनि भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । मधेस प्रदेश ट्राफिक कार्यालय पथलैयाका अनुसार तीव्र गतिमा चलाएका दुई हजार ६ सय ६४ वटा कार–जिप कारबाहीमा परेका छन् ।

साथै यात्रुबाहक बस, मिनिबस र सुमो आठ सय २१ वटा, मोटरसाइकल तीन सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर तीन सय २५ वटा गरी चार हजार एक सय ५९ वटा सवारी साधन कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ ।

यस अवधिमा प्रदेशका जिल्लामा भएका दुई हजार आठ सय ७६ सवारी दुर्घटनामा ३०९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।साभारः अन्नपूर्ण पोष्ट

Related posts

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

MadhesKhabar

परिवारै मिलेर देवरबाट गराए बलात्कार

MadhesKhabar

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

MadhesKhabar

Leave a Comment