Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज: बिग्रिएर सडकमा राेकेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा २ युवककाे मृत्यु

वीरगन्ज,३०जेठ:वीरगन्जमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा २ जनाकाे मृत्युु भएको छ।१ जना गम्भीर घाइते भएका छन्।

मृत्युु हुनेमा पर्साकाे छिपहरमाई गाँउपालिका-३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र त्यहिँ गाँउका २३ वर्षीय विजय यादव रहेका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडकखण्ड स्थित सिताराम चाेकमा शुक्रबार बिहान ५ बजेतिर बिग्रीएर सडकमा राेकिराखेकाे भुस लाेड रहेकाे एच आर ५५ के ३९७१ नम्बरको ट्रकमा पछाडिबाट सिर्सियाबाट ड्राइपोर्टतर्फ जादै गरेको बा. प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठाेक्किएकाे थियाे।उक्त दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएकाेमा नारायणी अस्पतालमा उपचारका क्रममा रामाकान्त र विजयकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।

गम्भीर घाइते २२ वर्षीय युवक विजयकुमार यादवकाे भने नारायणी अस्पतालमै उपचार जारी रहेकाे उनले बताए ।उनकाे टाउको र शरिरकाे विभिन्न भागमा गम्भीर चाेट लागेकाे उनले बताए ।

ट्रकका चालक ट्रक घटनास्थलमा छाडेर फरार भएको र उनकाे खाेजी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

Related posts

वीरगन्ज चिनि मिल चलाउने याेजना नयाँ बजेटमा समावेश गर्न सांसद यादवकाे माग

MadhesKhabar

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ वटा मुद्दा फर्छ्योट

MadhesKhabar

नारायणी अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त :डाक्टर र बेड अपुग हुदाँ बिरामीलाई सास्ती

MadhesKhabar

Leave a Comment