
वीरगन्ज,०६चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनकाे मतगणना अझै सुरु भएको छैन।क्याम्पस प्रशासन र निर्वाचन समितिले मंगलबार राति देखि नै मतगणना सुरु गर्न आलटाल गरिरहेका कारण मतगणनाकाे निष्पक्ष तामाथि अनेक आशंका सृजना भएको छ।
मंगलबार साँझ ६ बजे मतदान सकिए लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गाैतम मिश्रकाे उपस्थितिमा सभापतिका सबै उम्मेदरवाले सहमति जनाएपछि निर्वाचन समितिले मंगलबार राति १० बजेदेखि नै सुरु गर्ने घाेषणा गरेको थियाे।तर राति १० बजे मतगणना सुरु नै भएन।क्याम्पस प्रमुख रणजित यादव र प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले मतगणना सुरु गर्न आलटाल गर्न थाले।मतगणना स्थलमा बस्न विद्यार्थी संगठनहरुबाट पठाइएका प्रतिनिधिका बारेमा अनेक झमेला निकाल्दै दुवै जनाले राति २.१५ बजेसम्म मतगणना सुरु गराएनन्।
राति २.१५ बजेपछि उनिहरुले विद्यार्थी संगठनहरुकाे सहमति बेगर अचानक सुचना टाँसेर मतगणना बुधबार बिहान १० बजेसम्मका लागि स्थगित गरिदिए।त्यसपछि आक्राेशीत विद्यार्थी संगठनका नेताहरु मतपेटिका भण्डारण गरेर राखिएका काेठा अगाडि मतपेटिका कुर्न बस्न खाेज्दा प्रहरीले उनिहरुमाथि बल प्रयाेग गर्याे।जसका कारण केही बेर स्थिति तनावग्रस्त बन्न पुग्याे।
बुधबार बिहान १० बजे मतगणना सुरु गराउन सभापतिका उम्मेदवारहरु र विद्यार्थी संगठनका प्रतिनिधिहरु क्याम्पसमा पुग्दा उनिहरुलाई क्याम्पस प्रशासनले प्रहरी लगाएर बाहिर निकालि दियाे ।मतपेटिका भण्डारण गरिएको काेठा अगाडिबाट प्रहरीले आँफुहरुलाई जबर्जस्ती धपाएर क्याम्पस परिसरबाट निकाली दिएको विद्यार्थी नेता सुधिर पटेलले बताए ।मंगलबार मतदान सुरु भएदेखि नै क्याम्पस प्रमुख र क्याम्पसकाे निर्वाचन समितिले सत्ताधारी दलकाे विद्यार्थी संगठनलाई जिताउन चलखेल गरिरहेकाे पटेलले बताए।बुधबार मतगणना स्थलमा समचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई समेत क्याम्पस परिसरभित्र प्रवेशमा राेक लगाएकाे उनले बताए।पटेलले भने,`यसले मतगणनाकाे पारदर्शितामाथि झन् आशंका बढेको छ हामीलाई।´
बिहान १० बजेदेखि नै मतगणना सुरु गर्न भनेर बाेलाइएपनि अहिले १२ बजिसक्दापनि सुरु गर्ने सुरसार नै नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतकाे तटस्थतामाथि थप प्रश्न उब्जिएको उनले बताए ।
प्रमुख निर्वाचन अधिकृत सिंहले भने मतगणना सुरु गराउनका लागि आँफुहरु लागेको बताए ।मतगणना स्थलमा बस्ने प्रतिनिधिहरुकाे नामावली पठाउन विद्यार्थी संगठनलाई आग्रह गरिएको उनले बताए ।उनिहरु आउने बित्तिकै मतगणना सुरु गर्ने उनले बताए।
मतगणना स्थल क्याम्पस परिसरमा सञ्चारकर्मीकाे प्रवेशमा राेक किन लगाइएको हाे ?भन्ने प्रश्नमा उनले भने,`पत्रकारहरुकै कारण मंगलबार मतदानका बेला अनेक लफडाहरु भए।त्यसैले मतगणना स्थल क्याम्पस परिसरमा पत्रकारहरुलाई राेक लगाउनु परेको हाे।´
ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको थियाे।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट र स्वतन्त्र समूहबाट गरि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।प्रत्यक्षतर्फ सभापति,सचिव र काेषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरि कूल २१ पदका लागि २४७ जनाकाे उम्मेदवारी परेको थियाे।
ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियाे।उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यकाे कार्यकाल २०६५ सालमा सकिएको थियाे ।त्यस यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन।

