Madhes Khabar
स्थानिय

पहिलाे पाइला नेपालकाे नयाँ कार्यसमिति चयन

वीरगन्ज,२८जेष्ठ : पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाको वीरगन्ज शाखाकाे नयाँ कार्यसमिति चयन गरिएकाे छ ।

 

शनिबार वीरगन्जस्थित टाउन हल पार्टी प्यालेशमा सम्पन्न पहिलो पाइला नेपाल वीरगन्ज शाखाको पहिलो अधिवेशनले मधु प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संस्थाका निवर्तमान अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मनिष चालिसे, द्वितीय उपाध्यक्षमा राज साह कानु, सचिवमा भक्ति अग्रवाल, सह-सचिवमा म. इमरान अली, कोषाध्यक्षमा राहुलकुमार साह र सह-कोषाध्यक्षमा रोहित गुप्ता चयन भएका छन् । त्यस्तै सदस्यमा कृति श्रेष्ठ, विज्ञा चालिसे, प्रियानी माझी, सत्यप्रकाश कुमार, म. इर्साद अन्सारी र माधवी गुप्ता रहेका छन् ।

 

संस्थाकी केन्द्रीय अध्यक्ष प्रतिभा जेसीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा वक्ताहरुले नव निर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामनासहित बधाई दिनुका साथै संस्थाले गरिरहेको कामलाई निरन्तरता दिँदै आगामी दिनमा आफ्नो कार्यक्षेत्रलाई अझै फराकिलो बनाउन आग्रह गरेका थिए ।

Related posts

बारामा बाँसघारीबाट गाँजासहितको मोटरसाइकल बरामद

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको भवन निर्माण कार्य सुरु,मन्त्री साउदले गरे शिलान्यास

MadhesKhabar

वीरगन्जको आइसिपीमा सुर्य नेपालले रोपेको विरुवा हुर्काएर इन्टरमोडेललाई हस्तान्तरण

MadhesKhabar

Leave a Comment