Madhes Khabar
कृषि हेडलाइन

विपी उद्यानको तरकारी बजार छपकैयाको सार्वजनिक जग्गामा सार्ने तयारी अन्तिम चरणमा

वीरगन्ज,१२ जेठ : वीरगन्जको घण्टाघर छेउको विपी उद्यानको अव्यवस्थित तरकारी बजार वडा नम्बर २ छपकैयास्थित रेल्वे रोडसंग जोडिएको सार्वजनिक जग्गामा सार्ने तयारी अन्तिम चरणमा पुगेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

घण्टाघर छेउको विपी उद्यानको जग्गामा वर्षौदेखि अनाधिकृत रुपमा लाग्दै आएको खुद्रा तथा थोक तरकारी बजार महानगरपालिकाले रेल्वे रोडसंग जोडिएको ३२ कठ्ठा जग्गामा सार्न थालेको हो । विपी उद्यानमा पार्क निर्माणका लागि काम सुरु गरिसकेका कारण त्यहाँको तरकारी बजार महानगरपालिकाले रेल्वे रोडसंग जोडिएको सार्वजनिक जग्गामा सार्न थालेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले बताए ।

उनका अनुसार, रेल्वे रोडसंग जोडिएको सार्वजनिक ३२ कठ्ठा जग्गामा थोक तरकारी पसलहरुलाई राख्नका लागि महानगरपालिकाले आफ्नै बजेटमा सटरसहितको व्यवस्थित सेड निर्माण गरेको छ । साथै वाउण्ड्री वाल निर्माणसंगै शौचालयपनि निर्माण गरिने कर्णले बताए ।

रेल्वे रोडसंग जोडिएको सार्वजनिक जग्गामा तरकारी बजारका लागि निर्माण गरिएको सटरसहितको सेडको अबको केहि दिनमै टेण्डर निकालेर ठेक्कामा लगाइने र ठेक्का लागे लगत्तै विपी उद्यानमा रहेको अहिलेको तरकारी बजार त्यहाँ स्थानान्तरण गरिने उनले बताए ।

रेल्वे रोडसंग जोडिएको सार्वजनिक जग्गामा निर्माण गरिएको तरकारी बजारको महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण,लेखा अधिकृत रामकुमार कुशवाहा,इन्निियर प्रकाश अमात्य, राजिव उपाध्यायसहित स्थलगत निरीक्षणमा पुगेका मेयर सिंहले नवनिर्मित तरकारी बजारमा आवश्यक थप पूर्वाधारहरु यथाशिघ्र निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिएको मेयर सिंहका प्रेस सल्लाहकार ननवराज फुर्यालले जानकारी दिए ।

रेल्वे रोडसंग जोडिएको जग्गामा तरकारी बजार स्थानान्तरण गरेलगत्तै विपी उद्यानमा पार्क निर्माणको काम अगाडि बढाइनेपनि मेयर सिंहले जानकारी दिए ।

Related posts

पानीको संकटका बेला राजनीति नगर्न जनप्रतिनिधीहरुलाई सांसद चौरसियाको आग्रह

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

खडेरीले मारमा परेका किसान मल पनि नपाउदा थप पिडामा

MadhesKhabar

Leave a Comment