Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठकाे बिदा बढाउन सरकारसंग माग

फाइल तस्बिर ।

रौतहट,७कात्तिक:लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ। समाजका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको समाजको तर्क छ। सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ।

अध्यक्ष झाका अनुसार, चार दिन लामो यो पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र कर्मचारीलाई गम्भीर असुविधा भएको छ। यो पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएकाले यसमा बिदा सीमित गर्नु धार्मिक आस्थामा अनादर जस्तै भएको समाजको भनाइ छ। यस निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेकोले बिदाको अवधि बढाउनुपर्ने उनीहरूको माग छ।साभार:राताेपटी

Related posts

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाह वीरगन्ज भन्सारमा गाभियो

MadhesKhabar

Leave a Comment