वीरगन्ज,१० कात्तिकःलोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई सलामी अर्पण गरेको छ ।छठ पर्वको मूख्य दिन सोमबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सलामी अर्पण गरेको हो ।
यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा छठ पुजामा सेनाले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गरेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेको सेनाको टोलीले छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुगेको थियो । त्यसपछि सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सेनाको विधि अनुसार सलामी अर्पण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।
छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले छठी माई र सुर्य भगवानलाई सलामी अर्पण गरेको उनले बताए । छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माईलाई सलामी दिएको बताए । उनले भने,गाँउबासीहरुमा सरसल्लाह गर्यौ । त्यसपछि सेनालाई आग्रह गर्यौ । सेनापनि सहमत भयो । यसपालिको छठ पूजा ऐतिहासिक भएको छ । अब यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन्छौं ।
छठी माई र सुर्य भगवानलाई सलामी दिने अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरक्षिक सुदीपराज पाठकपनि छठको ब्रत लिएकी आफ्नी पत्निसंगै छठ पूजाको प्रसाद र पुजन सामग्रीसहितको दौरा लिएर सहभागी भएका थिए । त्यसअवसरमा प्रहरी नायब उपरक्षिक किशोर लम्साल, वडाध्यक्ष सुशील साह कानु, छठ पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु र हीरा साह कानु, घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष साह लगायतकाकोपनि सहभागी भएका थिए ।

