Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

नेपाली सेनाले पहिलो पटक छठी माईलाई दियो सलामी

वीरगन्ज,१० कात्तिकःलोक आस्थाको महापर्व छठ पूजामा सरिक हुदैं नेपाली सनाले छठी माईलाई सलामी अर्पण गरेको छ ।छठ पर्वको मूख्य दिन सोमबार सँझिया घाटेका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित घडिअर्वा छठघाटमा पुगेर सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सलामी अर्पण गरेको हो ।

यसअघि दसैंमा सप्तमीका दिन मात्रै सेनाले नवदुर्गा भवानीलाई सलामी दिने चलन रहेकोमा छठ पुजामा सेनाले छठी मैया र सुर्य भगवानलाई सलामी अर्पण गरेको हो । वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको श्री श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको वाद्यवादनसहितको परेड र मार्च गर्दै परिक्रममापछि घडिअर्वा छठघाटमा पुगेको सेनाको टोलीले छठघाट परिसरमा रहेको सुर्य भगवानको मन्दिरमा पुगेको थियो । त्यसपछि सेनाको टोलीले छठी मैया र सुर्य भगवान्लाई सेनाको विधि अनुसार सलामी अर्पण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।

छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सेनाको टोलीले छठी माई र सुर्य भगवानलाई सलामी अर्पण गरेको उनले बताए । छठ पर्वप्रतिको आस्था र लोकप्रियता बढ्दै गएको भन्दै उनले सेनाले सबै धर्मसंस्कृतिको सम्मान गर्दै आएको बताए ।
घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहले छठ पर्वको इतिहासमै सम्भवत पहिलो पटक नेपाली सेनाले छठी माईलाई सलामी दिएको बताए । उनले भने,गाँउबासीहरुमा सरसल्लाह गर्यौ । त्यसपछि सेनालाई आग्रह गर्यौ । सेनापनि सहमत भयो । यसपालिको छठ पूजा ऐतिहासिक भएको छ । अब यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन्छौं ।

छठी माई र सुर्य भगवानलाई सलामी दिने अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरक्षिक सुदीपराज पाठकपनि छठको ब्रत लिएकी आफ्नी पत्निसंगै छठ पूजाको प्रसाद र पुजन सामग्रीसहितको दौरा लिएर सहभागी भएका थिए । त्यसअवसरमा प्रहरी नायब उपरक्षिक किशोर लम्साल, वडाध्यक्ष सुशील साह कानु, छठ पूजा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु र हीरा साह कानु, घडिअर्वा स्पोट्स क्लबका अध्यक्ष सन्तोष साह लगायतकाकोपनि सहभागी भएका थिए ।

Related posts

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

MadhesKhabar

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन

MadhesKhabar

Leave a Comment