Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट एक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन

वीरगन्ज,७साउनःवीरगन्ज नाका हुदैं एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन पनि गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाका हुदैं १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपि ग्यास ,एटिएफ र मट्टितेल )आयात भएको हो ।

वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९९ अर्ब ९५ करोड रुपैयाँ मूल्य बराबरको ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल र ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्य बरबारको चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको हो ।

यस्तै गत आर्थिक वर्षमै ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्य बराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास,१६ अर्ब १४ करोड रुपैयाँ मूल्यको एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ, ६९ करोड रुपैयाँ मूल्य बराबरको ७ हजार ९३० किलोलिटर मट्टितेल आयात भएको हो ।

वीरगन्ज भन्सार नाका हुदैं अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपि ग्यास ,एटिएफ र मट्टितेल )आयात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, गत आर्थिक वर्षमा आयात भएका पेट्रोलियम पदार्थबाट वीरगन्ज भन्सार कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो थियो ।

वीरगन्ज नाका हुदैं गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा पेट्रोलियम पदार्थको आयात घटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।उनका अनुसार, गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ९४ करोड रुपैयाँ कम मूल्यको पेट्रोलियम पदार्थ आयात भएको बताए ।

पेट्रोलियम पदार्थको आयात घटेपनि त्यसबापत संकलन हुने राजस्व भने बढेको उनले बताए । लामिछानेले पेट्रोलियम पदार्थको आयातबाट हुने गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १० दशमलव २३ प्रतिशत अर्थात ७ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व संकलन भएको जानकारी दिए ।

लामिछानेले गत आर्थिक वर्षमा वीरगन्ज भन्सारमा सबैभन्दा धेरै राजस्व संकलन पेट्रोलियम पदार्थकै आयातबाट गरिएको बताए ।उनका अनुसार, भन्सार कार्यालयको राजस्व संकलनमा पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन, औद्योगिक कच्चा पर्दाको योगदान बढी हुने गरेको छ ।

 

Related posts

कलैयामा मुख्यमन्त्री सिंहले भने :कार्यकर्तालाई योजना र बजेट बाँड्ने काम मधेस सरकारले गर्दैन

MadhesKhabar

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

नुवाकोटको शिवपुरी डाँँडामा ठोक्किएर हेलिकप्टर दुर्घटना

MadhesKhabar

Leave a Comment