वीरगन्ज,१८कार्तिक : `प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगितामा आयाेजक भेट्रान सिटी क्लब वीरगन्जले विजयी सुरुवात गरेकाे छ।
शनिबारदेखि आदर्शनगर खेल मैदानमा सुरु प्रतियोगिताकाे उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी.लाई टाइबेकरमा ३-१ले पराजित गर्दै आयाेजक वीरगनणजविजयी सुरुवात गरेकाे हाे।जितसंगै वीरगन्ज सेमिफाइनलमापनि प्रवेश गरेकाे छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गाेलरहित बराबरी भएपछि खेलकाे अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियाे ।टाइबेकरमा दिल्लीका गाेलरक्षक हर्षित बिष्टले वीरगन्जका तर्फबाट पहिलाे प्रहार गरेका कप्तान कृष्ण शाक्यकाे प्रहारलाई राेक्दै गाेल हुनबाट बचाएपनि त्यसपछिका वीरगन्जका जनक कार्की , सुसन थापा र नवीन लामाकाे प्रहार भने सहजै गाेलमा परिणत भएकाे थियाे।
उता दिल्लीका लागि अजय बिष्ट मात्र गाेल गर्न सफल भए । सुमित कदयानकाे प्रहार गाेल पाेष्ट बाहिर गयाे भने संकल्प सिंह र अन्जुल परासरकाे प्रहार वीरगन्जका गाेलरक्षक राजु नगरकाेटीले विफल पारिदिएका थिए।
उद्घाटन खेलकाे म्यान अफ दी म्याच वीरगन्जका गाेलरक्षक राजु नगरकाेटी घाेषित भए।उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा आइतबारकाे खेल संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबिच हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।
यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका राजेशमान सिंहले कुनै समय फुटबलको लागि उर्बर भूमी रहेकाे वीरगन्जमा केहिवर्ष यता उदासीनता आएकाे बताए ।उनले याे प्रतियोगिताले भने फेरि वीरगन्जमा फुटबल खेलप्रति उत्साह फर्काउने विश्वास आँफुले लिएको बताए ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीकाे याे प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ। प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं , नेपाल पुलिस क्लब काठमाडौं , संकटा क्लब काठमाडौं ,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको गढवाल डायमण्ड क्लब एफ.सी. गरि आठ टिम सहभागी छन्।
वीरगन्ज महानगरपालिकाकाे मुख्य प्रायाेजनमा आयाेजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै हरेक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियाेगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

