Madhes Khabar
धर्म/संस्कृति

पुरानै सहमतिअनुसार रौतहटमा सरस्वतीको मूर्ति बिसर्जन

रौतहट,७फाल्गुन:रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै सहमति अनुसार सरस्वतीको मूर्ति बिसर्जन गरिएको छ । मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति सेलाइएको हो ।

ईशनाथ–७ घिउरा गाउँस्थित विद्यालय छेउको सार्वजनिक पोखरीमा यस अघि भएको सहमति अनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकमा डीआईजी पोखरेल, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी सञ्जय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

बैठक लगत्तै संघीय सांसद किरण कुमार साह, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादव, तीनै सुरक्षा निकायका डीआईजी, पार्टीका प्रतिनिधि सम्मिलित टोली पुगेर चार दिनदेखि थन्किएको मूर्ति बिसर्जन गरेको हो ।

यस अघि संघीय संसद किरण कुमार साहको पहल तथा प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा ईशनाथ–७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा बिसर्जन गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार साेमबार मूर्ति विसर्जन गरिएको हो ।

गत शुक्रबार सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका केही व्यक्ति घाइते भएका थिए ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको थियाे।साभार:राताेपाटीबाट

Related posts

घडिअर्वामा गणेश चतुर्थी महोत्सव सुरु,आज बेलुकी भारतका चर्चित लोकगायक विनय बिहारी आउँदै

MadhesKhabar

हिन्दु धर्म संरक्षणका लागि वीरगन्जमा युवाहरुले सामुहिक रुपमा गरे हनुमान चालीसाकाे पाठ

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग

MadhesKhabar

Leave a Comment