Madhes Khabar
धर्म/संस्कृति

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रकाे पक्षमा हस्ताक्षर संकलन सुरु

काठमाडौं,७फाल्गुन:ललितपुरको गोदावरीमा साेमबारदेखि सुरु नेपाली कांग्रेसकाे महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो । बैठकको पहिलो दिन ४०२ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।

उनीहरुले हिन्दू राष्ट्रको एजेण्डालाई विशेष पूरक प्रस्ताव भनेका छन् । यो प्रस्तावको पक्षमा गोदावरीमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान चलाइएको छ ।


तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।साभार:अनलाइनखबरबाट

Related posts

मधेसमा झिझियाँको रौनक

MadhesKhabar

नेपालगन्जमा गर्भवती गाईको हत्या गरिएकाे विराेधमा हिन्दुवादीहरुकाे प्रदर्शन

MadhesKhabar

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

MadhesKhabar

Leave a Comment