Madhes Khabar
धर्म/संस्कृति

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रकाे पक्षमा हस्ताक्षर संकलन सुरु

काठमाडौं,७फाल्गुन:ललितपुरको गोदावरीमा साेमबारदेखि सुरु नेपाली कांग्रेसकाे महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो । बैठकको पहिलो दिन ४०२ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।

उनीहरुले हिन्दू राष्ट्रको एजेण्डालाई विशेष पूरक प्रस्ताव भनेका छन् । यो प्रस्तावको पक्षमा गोदावरीमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान चलाइएको छ ।


तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।साभार:अनलाइनखबरबाट

Related posts

पर्साको प्रसिद्ध धार्मिकस्थल रामभौरी भाठा धाममा तीन दिने भव्य मेला सुरु

MadhesKhabar

उदाँउदाे सुर्यलाई अर्घ दिएसंगै सकियाे छठ 

MadhesKhabar

पर्साको पटेर्वासुगौलीमा मधेस प्रदेशकै पहिलो ‘थारु संग्राहलय’ बन्दै

MadhesKhabar

Leave a Comment