Madhes Khabar
धर्म/संस्कृति

पानीकाे संकट समाधानका लागि भगवानलाई गुहार्न गहवामाईमा `पर्जन्य (वृष्टि) यज्ञ´ आयाेजना हुदैं

वीरगन्ज,३०असार:वीरगन्ज लगायत पर्सा र बारामा पानीकाे संकटले जनजीवन नै बिथाेलिएपछ वर्षाकाे कामना गर्दै वीरगन्जमा `पर्जन्य (वृष्टी) यज्ञ´ आयाेजना गर्न लागिएको छ।वीरगन्जको गहवामाई मन्दिर प्रांगणमा यही असार ३२ गते बुधबारका दिन `पर्जन्य (वृष्टि) यज्ञ´ आयाेजना गर्न लागिएको माईस्थान सञ्चालक समितिले जनाएको छ।

 

समितिका अनुसार,गहवामाई मन्दिर अगाडिको प्रांगणमा `पर्जन्य(वृष्टि) यज्ञ´असार ३२ गते बुधबारका दिन बिहान ८ बजेदेखि सुरु हुनेछ ।उक्त यज्ञमा स्थानीय पुराेहित र पण्डितहरूबाट वेदका मन्त्रहरू उच्चारण गरी हवन गरिनेछ।

यज्ञ र हवनका लागि आवश्यक हवन कुण्ड, दाउरा, घ्यू, जडीबुटी र अन्य पूजन सामग्रीहरूको व्यवस्था समितिले गर्नेछ ।

 

पानी नपरेर तथा चापाकलहरु सुकेर जनजीवन नै अस्तव्यस्त बन्दै गएकाले भगवान् इन्द्रदेवकाे कृपाले वर्षा हाेस् र पानीकाे संकटकाे समस्या समाधान हाेस् भन्ने अभिप्रायले गहवामाई मन्दिर अगाडिको प्रांगणमा असार ३२ गते `पर्जन्य(वृष्टी)यज्ञ´ र हवन आयाेजना गर्न लागिएको माईस्थान सञ्चालक समितिले जनाएको छ।

 

उक्त यज्ञमा सहभागी भई पुण्यकाे भागी बन्न सम्पूर्ण भक्तजनहरुमा माईस्थान सञ्चालक समितिले आह्वानपनि गरेकाे छ।

Related posts

आज हरिशयनी एकादशी, तुलसीकाे बिरुवा सार्ने दिन

MadhesKhabar

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिदैं

MadhesKhabar

भोलिको “सदभाव रयाली” मा अनिवार्य सहभागी हुन कर्मचारीहरुलाई वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment