Madhes Khabar
धर्म/संस्कृति साहित्य

वीरगन्जका विधालयमै पुगेर भोजपुरी कला संस्कृती बारे सचेतना फैलाउदै भोजपुरी समाज

मधेसखबर
वीरगन्ज,२७माघ : नेपाल भोजपुरी समाजले वीरगन्जका सामुदायिक विधालयहरुमा अध्ययनरत विधार्थीहरुलाई भोजपुरी भाषा ,कला संस्कृतीको बारेमा जानकारी दिन प्रशिक्षण दिन थालेको छ ।समाजले गत साता देखि प्रत्येक शुक्रबार हरेक सामुदायिक बिध्यालयमा गई सचेतना अभियान थालेको हो ।

यसैक्रममा शुक्रबार समाजले वीरगन्जको विर्ता स्थित सुन्दरमल रामकुमार कन्या माबिमा पनि भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र.अअनिता साह,समाजका उपाध्यक्ष रितुराज पटेल,कोषाध्यक्ष अशोक कुश्वाहा, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेल,दिनेश मिश्रको पनि सहभागीता रहेको थियो ।
समाजले गत साता देखि प्रत्येक शुक्रबार हरेक सामुदायिक बिध्यालयमा गई सचेतना अभियान संचालन गर्ने गरेको सचिव राजेन्द्र सिंह राजपुतले बताए ।

 

Related posts

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

छठ पर्व मनाउन पर्साको भेलाहाका १०० महिलालाई समाजसेवी बर्णवालले बाँडे साडी

MadhesKhabar

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

Leave a Comment