Madhes Khabar
स्थानिय हेडलाइन

बारामा आमा-छाेराकाे हत्या,३ जना घाइते

बारा,१४माघ:बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समुहले आमा र छाेराकाे हत्या गरेकाे छ।त्यहि परिवारका अरु तीन जना घाइते पनि छन्।

 

३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीकाे टाउकाे काटेर हत्या गरिएको हाे।

प्रहरीका अनुसार बुधबार माघ १४ बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी उनिहरुकाे हत्या गरेकाे हाे। घटनामा मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन्।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको भन्दै बारा प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Related posts

पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप

MadhesKhabar

पर्साका दलितबस्तीमा सञ्चालित निःशुल्क ट्यसुन कक्षाका बालबालिकालाई विभिन्न सामग्री सहयोग

MadhesKhabar

वीरगन्ज नाकामा उच्च सुरक्षा सतर्कता

MadhesKhabar

Leave a Comment