Madhes Khabar
स्थानिय

वीरगन्जकाे इनर्वाबाट गाँजासहितकाे भारतीय ट्रक र चालक पक्राउ

मधेसखबर
वीरगन्ज ,५चैत : वीरगन्जमा प्रहरीले भारतीय ट्रकबाट ठुलाे परिमाणमा लागू ओैषध गाँजा सहित ट्रकका चालकलाई पक्राउ गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा शनिबार बेलुकी पार्किङ गरि राखेकाे बिआर ०७ जि ए ९६९१ नम्बरको ट्रकबाट प्रहरीले १ क्विन्टल ४९ केजी गाँजा बरामद गरेकाे हाे । गाँजा सहितकाे ट्रक र चालक भारत बिहारकाे लक्ष्मीपुर घर भएका २७ वर्षिय ओमप्रकाश सिंहलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

विशेष सुराकीकाे आधारमा पर्साका प्रहरी उपरीक्षक काेाल शाहकै नेतृत्वमा खटिएको टाेलीले गाँजा सहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएकाे हाे ।

गाँजा सहितकाे ट्रक र त्यसका चालक सिंहलाई जिल्ला प्रहरी कार्यालयमा राखेर पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Related posts

पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

MadhesKhabar

वीरगन्ज–पथलैयाको यात्रा अब सरर बिजुली बसमा

MadhesKhabar

वीरगन्जलाई बदनाम गराउने अपराधिक प्रवृत्ति र मानसिकताका व्याक्तिलाई कारबाही गर्न नेजपाको माग

MadhesKhabar

Leave a Comment