Madhes Khabar
Uncategorized धर्म/संस्कृति समाज हेडलाइन

छठ पर्व मनाउन पर्साको भेलाहाका १०० महिलालाई समाजसेवी बर्णवालले बाँडे साडी

वीरगन्ज,१७कार्तिकःपर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ भेलाहा टोलमा वीरगन्जका समाजसेवी राजेश बर्णवालले छठ पूजा मनाउनका लागि एक सय जना महिलाहरुलाई नयाँ साडी र पूजन सामग्री वितरण गरेका छन् ।शनिबार भेलाहा गाँउमै पुगेर समाजसेवी बर्णवालले छठको ब्रत गर्ने महिलाहरुलाई जनही एक एक थान नयाँ साडी , नरिवल र अगरबत्ती बाँडेका हुन् ।

बर्णवालले हरेक वर्ष छठ पर्वमा जिल्लाका विभिन्न स्थानमा पुगेर आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाहरुलाई साडी लगायतका सामग्री वितरण गर्दै आएको बर्णवालका छोरा हर्षित बर्णवालले बताए ।

आस्था एंव श्रद्धाको महापर्व छठ पूजा मनाउन गरिबीका कारण कोहिपनि बञ्चि हुन नपरोस् भन्ने सेवाभावले विगत ८ वर्षदेखि आँफुले सहयोग गर्दै आएको समाजसेवी बर्णवालले बताए ।

त्यसअवसरमा नेपाल बार एसोसिएसन पर्साका पूर्र्व अध्यक्ष पन्नालाल गुप्ताले दिनदुखी र असहायको सेवा नै सबै भन्दा ठूलो धर्म हुने बताए । उनले समाजसेवी बर्णवालको प्रंशसापनि गरे ।

साडी वितरण कार्यक्रममा बिन्दवासिनी गाँउपालिकाका नेपाली कांग्रेसका सभापति विवेक चौरसिया,वडा सदस्य हरिन्द्र मुखिया ,युवा अभियन्ता उपनिवेश चौरसिया, छठुलाल चौरसिया,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतकाकोपनि उपस्थिती रहेको रेडक्रसकर्मी अभिलाष गुप्ताले जानकारी दिए।

Related posts

पर्सा २ मा काँग्रेसका चौरसियाको सान्दार जित

MadhesKhabar

काँग्रेस नेताहरु भन्छन् : भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई हराउन चुनाैती छैन

MadhesKhabar

भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

MadhesKhabar

Leave a Comment