वीरगन्ज,२५पुस:वीरगन्जको गहवामाइ मन्दिर प्रांगणमा आगामी शनिबार २ हजार १०० वटा दीयाे बालेर दीप प्रज्वलन गरिने भएको छ ।
रामजन्मभूमी भारतकाे अयोध्यामा भगवान् श्रीरामकाे प्राण प्रतिष्ठा तथा राम मन्दिर उद्घाटनकाे वार्षिक उत्सवको अवसरमा आगामी शनिबार वीरगन्जको गहवामाई मन्दिर प्रांगणमा २ हजार १ सय वटा दीयाे बालेर दीप प्रज्वलन गर्न लागिएको कार्यक्रमको आयोजना गरिने भएको गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए।
उनका अनुसार यहि पुस यहि २७ गते शनिबारका दिन गहवामाई मन्दिर प्रांगणमा साँझ ५:३० बजे २ हजार १०० वटा दीयाे बालिनेछ।
उक्त दीप प्रज्वलन कार्यक्रममा सहभागी भईदिन समितिले सम्पूर्ण भक्तजनमा सार्वजनिक अपिल गरेकाे छ।

