Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

ऐतिहासिक धार्मिकस्थल सिम्रौनगढको पलकियामाई क्षेत्रमा उत्खनन् सुरु

तस्बिर :तिरहुत साप्ताहिक

बारा,८मंसिरःप्रसिद्ध ऐतिहासिक पर्यटकीय एव धार्मिक स्थल बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुरको पलकियामाईको ऐतिहासिक बाक्सा भन्ने तुलजा भवानी क्षेत्रमा शुक्रबार देखि उत्खनन् सुरु गरिएको छ ।

कठमाडौंबाट आएको नेपाल सरकारको पुरातत्व बिभागको टोलीले तुलजा भवानी क्षेत्रमा शुक्रबारदेखि उत्खनन् कार्य सुरु गरेको हो ।उक्त उत्खनन् कार्य २१ दिन सम्म चल्नेछ ।

पलकियामाई परिसर भित्रको मड आकृतीको उच्च भागमा जमिनमुनि थुप्रै पुराना ईटाका टुक्रा ,भाँडाकुडा लगायतका पुरातात्विक वस्तुहरु रहेकोले त्यसक्षेत्रमा जमिनमुनि कस्ता संरचना छन् भनेर पत्ता लगाउन उत्खनन् कार्य सुरु गरिएको पुरातत्व अधिकृत हरि प्रसाद भुसालले जानकारी दिए ।

त्यसक्षेत्रमा उत्खनन्का लागि पुरातत्व बिभाग काठमाडौंबाट पुरातत्व अधिकृत भाष्कर ज्ञावालीको नेतृत्वको टोली सिम्रौनगढ आएको हो । उक्त टोलीमा पुरातत्व विज्ञ देवेन्द्रनाथ तिवारी,पुरातत्व अधिकृत हरिप्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठ सहभागी छन् ।साभार :तिरहुत साप्ताहिक

Related posts

जगरनाथपुर गाँउपालिकामा रहेका मठमन्दिरका साधुहरुलाई विद्युत

MadhesKhabar

आज सूर्य ग्रहण लाग्दै, ग्रहण लाग्दा के के गर्न हुन्न ?

MadhesKhabar

शिक्षक आन्दोलनका कारण पर्सामा विद्यार्थी भर्ना अभियान प्रभावित,विद्यालयहरुमा पठनपाठन ठप्प

MadhesKhabar

Leave a Comment