Madhes Khabar
खेलकुद

भुटानलाई बराबरीमा राेकेर नेपाल फाइनलमा

काठमाडौं ,१४चैत : भुटानसंग बराबरी खृलेपछि नेपाल, थ्री नेसन्स कप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ ।

काठमाडौंकाे दशरथ रंगशालामा मंगलकार साँझ भएकाे खेलमा इन्जुरी समयमा दीपकराज सिंह ठुकरीले बराबरी गोल फर्काएसँगै नेपाल भुटानविरुद्धको हारबाट जोगिदै फाइनलमा प्रवेश गरेकाे हाे।भुटान भने पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा फाइनलमा पुग्न सकेन।

भुटानका लागि नोर्बुले १९औं मिनेटमा गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको थियो।भुटानका छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो। सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले बराबरी गोल फर्काएका हुन् ।

पहिलो खेलमा नेपालसँग २–० ले पराजित भएको लाओसले दोस्रो खेलमा भुटानविरुद्ध २–१ को जितसँगै तीन अंक जोडेको थियो।

समूह चरणबाट नेपालले एक जित र एक बराबरीसहित चार अंक जोड्दा लाओसले तीन अंक जोड्यो। जितविहीन भुटानको एक अंक मात्रै रहँदा फाइनलमा स्थान बनाउन असफल रह्यो। फाइनल खेल चैत १७ गते नेपाल र लाओस बिच हुनेछ।

Related posts

अमेरिकासंग नेपाल फेरि पराजित

MadhesKhabar

महिला टी–२० विश्वकपः यूएईमाथि नेपालको सहज जित

MadhesKhabar

सिमरा गाेल्डकप : भरतपुरलाई स्तब्ध पार्दै मकवानपुर ११ सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment