Madhes Khabar
खेलकुद

सिमरा गाेल्डकप : भरतपुरलाई स्तब्ध पार्दै मकवानपुर ११ सेमिफाइनलमा

सिमरा,११ चैत : मकवानपुर ११ बाराको सिमरा रंगशालामा जारी १३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेलुकी भएकाे पहिलाे क्वाटरफाईनल खेलमा भरतपुर फुटबल क्लब चितवनलाई मकवानपुर टाइब्रेकरमा ४–३ ले पाखा लगाउदै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हो ।

निर्धारित ९० मिनेटकाे खेलमा मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपेका थिए ।

मकवानपुरको जितमा टाइब्रेकरमा संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरे ।

भरतपुरका लागि सजिन थापा, भीष्म क्षेत्री र सुनील श्रेष्ठले गोल गरे ।

प्रतियोगिताकाे दाेश्राे क्वाटरफाइनल खेलमा आइतबार वीरगन्ज युनाईटेड क्लब र काठमाडौंकाे न्युराेड टिम (एनआरटी ) बिच हुने आयाेजक नवजनजागृती युवा क्लब सिमराले जनाएको छ ।

Related posts

नेपालको ,यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने सम्भावना सकियो

MadhesKhabar

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदरावादका समर्थकको हत्या

MadhesKhabar

आयाेजक जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment