Madhes Khabar
खेलकुद

क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो

काठमाडौं,१४फाल्गुन: नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगर गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख रुपैयाँ पुर्‍याइएको छ।

एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख रुपैयाँ हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ हजार, ग्रेड डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरीका खेलाडीलाई २५ हजार रुपैयाँ मासिक तलब तोकिएको हो।

पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।

त्यस्तै सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन्। त्यस्तै इमर्जिङ क्याटोगरमा दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेस), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) रहेका छन्।

 

Related posts

सुदूरपश्चिमको अपराजित यात्रामा लाग्यो ʻब्रेकʼ, विराटनगर क्वालिफायरमा

MadhesKhabar

आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

MadhesKhabar

टी–२० विश्वकपमा अप्रत्यासित नतीजा : आयरल्याण्डसंग इंल्याण्ड पराजित

MadhesKhabar

Leave a Comment