Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज मुम्बई र राजस्थान खेल्दै

काठमाडौं,१९चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सोमबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्स खेल्दैछन् । यी दुईबिचको खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुकी पौने ८ बजेदेखि सुर हुनेछ ।

यसअघि पाँच पटकको विजेता मुम्बईले जारी आईपीएलमा आफ्नो शुरुवाती दुवै खेल हारेको छ ।जारी आईपीएलमा राजस्थानले भने शुरुवाती दुवै खेल जितेको छ । राजस्थान ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने अंकविहीन मुम्बई नवौँ स्थानमा छ ।

मुम्बई र राजस्थानबीच आईपीएलमा २८ वटा खेल भएको छ । जसमा मुम्बई १५ र राजस्थान १२ खेलमा विजयी भएको छ । १ खेल नतिजाविहीन भएको थियो । मुम्बईले पाँचौँ पटक उपाधि जित्दा राजस्थानले एक पटक मात्र विजेता बनेको छ ।

Related posts

फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा

MadhesKhabar

सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन

MadhesKhabar

लखनउसंग चेन्नईकाे फराकिलो हार

MadhesKhabar

Leave a Comment