
वीरगन्ज,७बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले विजयी भएको छ ।लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हाे।
चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओैं ओभरको अन्तिम बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।उसका लागि कप्तान केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ओपनर क्विटन डि ककले ४३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । निकोलस पुरनले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए ।
चेन्नईका लागि मथिशा पथिराना र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
चेन्नईका लागि रविन्द्र जडेजाले ४० बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अजिंका राहाणेले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए । मोईन अलिले २० बलमा ३ छक्काको सहयोगमा ३० तथा महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २८ रन बनाए ।कप्तान ऋतुराज गायकवाडले १३ बलमा १७ रन बनाए ।
लखनउका लागि कुनाल पान्ड्याले दुई तथा मोहसिन खान, एस ठाकुर, रवि बिष्नोइ र मार्कस स्टोईनेसले समान एक एक विकेट लिए ।
छैटौं खेलमा चौथो जितका साथ लखनउ पाँचौ स्थानमा कायम छ । छैटौं खेलमा तेस्रो हार सहित चेन्नई तेस्रो स्थानमा कायमै छ ।

