वीरगन्ज ,२९भदाैं: हिन्दु महिलाको पर्व हरितालिका तिजको अवसरमा पर्साकाे ठाेरी १ भगवाननगरमा जारी फुटबल वनदेवी युवा क्लब र आयाेजक जनचेतना युवा क्लब प्रवेश गरेका छन् ।
भगवाननगरको क्यामुनाघारी खेल मैदानमा शुक्रबार भएकाे खेलमा जित हात पार्दै वनदेवी युवा क्लब र आयोजक क्लबले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
शुक्रबारको पहिलो खेलमा निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसक्दा टाइब्रेकरमा वनदेवी युवा क्लबले फुटबल क्लब चाैतारालाई ४-३ गोलान्तरले पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे।उक्त खेलकाे म्यानअफदी म्याच फुटबल क्लब चौताराका केवल क्षेत्री घोषित भए।
शुक्रबार नै भएको दोस्रो खेलमा आयोजक जनचेतना युवा क्लब भगवाननगरले युवा हरियाली क्लब हनुमाननगरलाई टाइब्रेकरमा ४-३ गाेलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हाे।निर्धारित समयमा कुनैपनि टिमबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएकाे थियाे ।उक्त खेलको म्यानअफदी म्याच जनचेतना युवा क्लबका गोलरक्षक अनिष कुँवर घोषित भए।
प्रतियोगितामा शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ। पहिलो सेमिफाइनल खेल थ्रीस्टार युवा क्लब ठोरी १ र वनदेवी युवा क्लब ठोरी २ बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल आयोजक क्लब र अमृत युवा क्लबबिच हुने आयोजकले जनाएको छ।फाइनल खेल असाेज १ गते हुनेछ ।
उपाधी विजेता टिमलाई नगद ५१ हजार,शिल्ड,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ।

