Madhes Khabar
खेलकुद

अन्तर्राष्ट्रिय भेट्रान फुटबलमा आज पर्साकाे भिडन्त काठमाडौंसंग

फाइल फाेटाे

बारा,१२असाेज: बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्तर्गत आज शुक्रबार अन्तिम सेमिफाईनल खेल हुदैछ ।सिमरा रंगशालामा आज हुने अन्तिम सेमिफाईनल खेलमा युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ ।

सिमरा रंगशालामा यी दुई टिमबिचको खेल साँझ ५ बजेपछि शुरु हुनेछ ।

आजकाे विजेता टिमले उपाधीका लागि शनिबार आयाेजक सिमरा भेट्रान क्लब बारासंग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बिहीबार भएको खेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा कास्कीलाई पराजित गर्दै फ्रिडम फाईटर क्लब काठमाण्डौ र क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई पराजित गर्दै युनिटि भेट्रान क्लब पर्सा सेमिफाईनलमा प्रवेश गरेका हुन् ।

बिहीबारकाे खेलमा क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै युनिटि भेट्रान सेमिफाईनलमा प्रवेश गरेको हो ।

 

स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख र उपविजेता टिमले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिए ।

Related posts

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

नेपालले जिम्बाव्वेलाई २९१ रनको लक्ष्य

MadhesKhabar

एसियाली खेलकुद: महिला फुटबलमा नेपाल भियतनामसंग पराजित

MadhesKhabar

Leave a Comment