Madhes Khabar
खेलकुद

नेपालले जिम्बाव्वेलाई २९१ रनको लक्ष्य

काठमाडौं, ३ असार : विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।जिम्बाबेको हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।

नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

 

Related posts

फेरि अभागी साबित भयाे बेंग्लाेर, ४ विकेटकाे जित हात पार्दै राजस्थान दोस्रो क्वालिफायरमा

MadhesKhabar

आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै

MadhesKhabar

हैदराबाद आईपीएलकाे प्लेअफमा

MadhesKhabar

Leave a Comment