काठमाडौ,६साउन:नेपालले एसीसी महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा आज (आइतबार ) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।श्रीलंकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजेदेखि सुरु हुनेछ ।
समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा यूएइलाई ६ विकेटले पराजित गरेको थियो ।जुन महिला एसिया कपमा नै नेपालले हात पारेको पहिलो जित थियो ।
महिला एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा आमने सामने भएका थिए । जसमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो ।
यसै समूहको अर्को खेलमा आज दिउँसो सवा २ बजे भारत र यूएईबीच खेल हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।

