Madhes Khabar
खेलकुद

पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्याे

वीरगन्ज,१७जेठ:पर्साकाे सखुवाप्रसौनी गाउँपालिका–२ मा आयाेजित तेस्रो पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जितेको छ।

पन्चगाँवा खेलमैदामा शनिबार भएको फाइनल खेलमा आराम्भ भेट्रान्स वीरगन्जलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वीरगन्ज युथ एकेडेमीकाले उपाधि जितेको हो।

प्रतियोगिताकाे समापन समारोहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले उपाधि विजेता टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे।

समापन समाराेहमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, प्रधानाध्यापक शिवनाथ चौधरी, इलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक नवराज घिमिरे, बुद्धिजीवी भूपदेव चौधरी, दिपनारायण माविका व्यवस्थापन समिति अध्यक्ष शंकर महतो थारु,आयाेजक मुनसन क्लबका अध्यक्ष रामनाथ चौधरी लगायतकाकोपनि उपस्थिति रहेको थियो।

Related posts

स्कटल्याण्ड विरुद्ध नेपालको सानदार जित

MadhesKhabar

पहिलाे पटक महिला विश्वकपकाे उपाधि जित्दै भारतले रच्याे इतिहास

MadhesKhabar

टी-२० सिरिजकाे उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्ने

MadhesKhabar

Leave a Comment