वीरगन्ज ,१८भदाैं: वीरगन्ज महानगरपालिकाले नेपाल र भारतबिचकाे खेल हेर्नका लागि साेमबार दिउँसाे २ बजेपछि विद्यालयहरु बन्द गर्ने भएकाे छ ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबिचकाे खेल श्रीलंकाकाे क्यान्डीस्थित पल्लेके स्टेडियममा साेमबार अपरान्ह सवा ३ बजेदेखि सुरु हुदैछ ।
नेपाल र भारतबिचकाे उक्त खेल हेर्नकै लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु साेमबार दिउँसाे २ बजेपछि बन्द गर्ने निर्णय गरेकाे हाे ।महानगरपालिकाकाे शिक्षा महाशाखाले एक सुचना जारी गरि विद्यालयहरु दिउँसाे २ बजेपछि बन्द गरिने जानकारी गराएकाे हाे ।
उक्त खेल हेर्नका लागि मधेस प्रदेशकै जनकपुरधाम उपमहानगरपालिकालेपनि साेमबार दिउँसाे २ बजेपछि त्यहाँ रहेका सबै विद्यालयहरु बन्द गर्ने निर्णय यसअघि नै गरिसकेकाे छ ।

