Madhes Khabar
खेलकुद

वीरगन्ज गाेल्डकप फुटबलमा आज संकटा क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

वीरगन्ज,१९कार्तिक : `प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगितामा दाेश्राे दिन आज आइतबार संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबिच खेल हुदैंछ ।

आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २ बजेदेखि सुरु हुने प्रतियोगिताका प्रेस संयाेजक तिवारी यादवले जानकारी दिए ।

यसअघि शनिबार भएकाे उद्घाटन खेलमा आयाेजक भेट्रान सिटी क्लब वीरगन्ज विजयी भएकाे थियाे।उसले भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी. लाई टाइबेकरमा ३-१ ले पराजित गरेको थियाे।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीकाे याे प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ। प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं , नेपाल पुलिस क्लब काठमाडौं , संकटा क्लब काठमाडौं ,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको गढवाल डायमण्ड क्लब एफ.सी. गरि आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाकाे मुख्य प्रायाेजनमा आयाेजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै हरेक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियाेगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयाेजक क्लबका महासचिव पंकज श्रेष्ठले बताए ।

Related posts

नेपाल पेनाल्टीमा चुक्दा म्यानमारसँगको खेल गोलरहित बराबरीमा

MadhesKhabar

नेपाल टी–२० क्रिकेटमा म्याच फिक्सिङ भएको पुष्टि

MadhesKhabar

कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

MadhesKhabar

Leave a Comment