Madhes Khabar
खेलकुद

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,९असाेज:नेपाल भुटानमा जारी साफ यू–१७ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएकाे खेलमा घरेलु टोली भुटानलाई २–१ ले हराउँदै नेपालले सेमिफाइनकाे यात्रा तय गरेकाे हाे।

खेलकाे ४३ औं मिनेटमा नेपाली गोलरक्षक पेम्बा नोर्बु भोटेले गरेको गम्भीर गल्तीको फाइदा उठाउँदै भुटानले अग्रता बनाएको थियो। तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो। कृष्ण बहादुर आलेले ५५ औं मिनेटमा सानदार फ्रिकीकमार्फत खेल बराबरीमा ल्याए। ८४ औं मिनेटमा सुजन डंगोलले नेपालका लागि विजयी गोल गरेका थिए।

अब नेपालले फाइनल प्रवेशका लागि भारतको सामना गर्ने छ। नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दा पाकिस्तान समूह विजेता बन्यो।सेमिफाइनलमा बंगलादेशले भने पाकिस्तानको सामना गर्नेछ।

Related posts

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

सबैकाे राेजाईमा परेका गुलशन झालाई कर्णाली किन्याे १५ लाखमा

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको पहिलो हार

MadhesKhabar

Leave a Comment