Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्लीसंग कोलकाता भिड्दैं

वीरगन्ज,२१चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यी दुईबिचको खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि विशाखापटनमको स्टेडियममा सुरु हुनेछ ।

यो सिजनमा कोलकाताले खेलेका दुवै खेल जितेको छ भने दिल्लीले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । कोलकाता अंक तालिकाको दोस्रो र दिल्ली सातौँ स्थानमा छ ।

कोलकाता र दिल्लीबीच अहिलेसम्म ३२ खेल भएकोमा दुवै टोलीले समान १६ खेल जितेका छन् । कोलकाताले सन् २०२१ र २०१४ मा गरी दुई पटक उपाधि जित्दा दिल्ली अहिलेसम्म विजेता बन्न सकेको छैन ।

Related posts

वीरगन्जमा आयोजित प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

MadhesKhabar

विश्वकप फुटबलको पहिलाे सेमिफाइनलमा आज अर्जेन्टिना र क्राेएसिया भिड्दै

MadhesKhabar

साहिब दरबार टी-२० सुपर लिगकाे फाइनलमा,उपाधिका लागि वीरगन्ज ब्लाष्टरसंग भिड्ने

MadhesKhabar

Leave a Comment